एक दिन,
मेरो घर पछाडी
देखिए एक बिरालाका बथान,
३ ओटा बच्चाहरु
एक्दमै साना,
जो,
तर्सिन्थे देखेर मानवीय रुप,
मानौ तिनिहरु,
कुनै युद्दमा,
लडेर आएका सिपाही हुन!
धेरैपछी,
मान्छे देखेजस्तो!

ती साना बच्चाहरु,
खेल्ने र खाने काम,
अनि बेलाबेला
आउथिन तिनकी आमा,
अनि हिडिहाल्थिन,
भरेको सिकारको लागि,
मानौ आफै,
तिनको कुनैबेला,
कसैको सिकार बन्लिन,
कुनै बाघको,
अथवा समयको!







एक्दिन,
एउटा ढाडे आयो,
ठूलो
कालो न कालो,
ट्याप्प टिप्यो,
घाटीमा न्याक्क,
पार्दै,
लिएर गयो,
झाडीतिर

त्यसप्छी,
ती दुइटामात्र
बाकी रहे,
त्यो तेस्रो,
कहाँ गयो होला,
अनि सोचे,
सायद,
हामी पनि,
एक्दिन यसैगरी,
हराउनेछौ,
त्यही बच्चाजस्तै,
बिरालाको,
ढाडेजस्तै गरि,
आउनेछ,
समय!